sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सरकारले सम्झौता कार्यान्वयन नगरेपछि सहकारी पीडित फेरि आन्दोलनमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सहकारी पीडितहरूले काठमाडौं सहित विभिन्न शहर तथा जिल्लास्तरमा आन्दोलन शुरु गरेका छन् । बचत फिर्ताका लागि सरकारले यसअघि गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै उनीहरूले तेस्रो चरणको आन्दोलन शुरु गरेका हुन् ।

आज काठमाडौं उपत्यका, पोखरा, बुटवल, चितवन, नवलपरासी, धरानलगायत विभिन्न जिल्लामा बिहान ११ बजेर ११ मिनेटमा एकै पटक आन्दोलन शुरु गरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घका अध्यक्ष कुशलव केसीले जानकारी दिनुभयो ।

सरकारले यसअघि पीडितहरूको बचत फिर्ताका लागि सम्झौता गरेको थियो । तर त्यो कार्यान्वयन नभएपछि बाध्य भएर पुनः आन्दोलनमा आउनुपरेको केसीले जानकारी दिनुभयो । यस्तै पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा रिले अनशन पनि शुरु गरेका छन् ।

gold
nawakantipur long