citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सहकारी छानबिन समितिः कार्यदलको बैठक आज बस्दै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज पुन बस्ने भएको छ । बिहीबार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज बिहान साढे ८ बजे पुन बस्न लागेको हो ।

सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहीबार बसेको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशका बारेमा छलफल भएको नेकपा एमालेको संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्ष विहीन भएको उनको भनाइ छ ।

बिहीबारको बैठकमा सहमति जुटन नसकेपछि आजका लागि बैठक बोलाइएको छ । आजको बैठकबाट करिब करिब ठ्याकै टुङ्गो लगाउने गरी समितिको केही कार्यादेश विषयमा नजिक पुगेको उनको भनाइ छ ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । सभाको बैठक अघि कार्यदलले सहमति जुटाउन बैठक बस्ने जनाएको छ ।

उक्त कार्यदलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रमुख सचेतक बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता शिशिर खनाल, कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र सन्तोष परियार छन् ।

himalayan life insurance
igi long