prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

सिभिल लघुवित्तको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । सिभिल लघुवित्तको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ । अब सिभिल लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु हिमालयन क्यापिटलले गर्ने छ।

चैत्र १ गतेदेखि लागु हुने गरि हिमालयन क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरिएको लघुवित्तले जनाएको छ। साथै, हाल सिभिल क्यापिटलबाट प्रदान हुँदै आएको शेयर रजिष्ट्रार सेवा सम्बन्धी कार्यहरू शेयर रजिष्ट्रार सेवा हस्तान्तरणका लागि आवश्यक काम कारबाही सम्पन्न गर्नका लागि चैत्र १ गते देखि चैत्र ७ गतेसम्म बन्द रहने कम्पनीले जनाएको छ ।

सिभिल लघुवित्त र हिमालयन क्यापिटल दुवै हिमालयन बैंकका सहायक कम्पनी हुन् ।

 

३० फागुन २०७९, मंगलवार १०:५७ बजे प्रकाशित

NTA long ad
stcnepal long ad