stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु क्यापिटलको Remittance Demat खाता सञ्चालन सम्बन्धमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका तथा बिदेशमा जान लागेका व्यक्ति तथा निजका परिवारजनहरुका लागि प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्रदान गर्ने उद्घेश्यले Remittance डिम्याट खाता सञ्चालनमा ल्याएको छ ।

नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले आइपिओ जारी गर्दा निष्काशित शेयरको दश प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि छुटयाई बाडँफाँड गर्नुपर्ने प्रावधान जारी गरेकोले क्यापिटलले निकायको सोही उद्येश्यलाई सघाउ पुरयाउन यो योजना ल्याएको जनाएको छ ।
श्रम स्वीकृती लिई विदेश रोजगारमा रहेका तथा जान लागेका व्यक्तिहरुको देशप्रतिको योगदानलाई सम्मान गर्दै सोही आरक्षित शेयरमा उनीहरुको सरल र सुलभ पहुँच होस भनी देशलाई रेमिटयान्समा उल्लेखनीय योगदान गरेकोमा “देशलाई योगदान, प्रभु क्यापिटलको सम्मान” भन्ने स्लोगन सहित क्यापिटलले यो निःशुल्क डिम्याट स्किम सञ्चालनमा ल्याएको हो ।

क्यापिटलका अनुसार सो योजनामा डिम्याट आवेदन समावेश हुनका लागि ग्राहकहरुले वैदेशिक रोजगारीको लागि सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएको प्रमाण संलग्न गर्नुपर्नेछ भने परिवारजनको हकमा डिम्याट आवेदन भर्दा नाता प्रमाणित कागजात आवश्यक हुनेछ ।

यस योजनामा देश वा विदेशमा श्रम स्वीकृती लिई कार्यरत रहेका तथा जान लागेको नेपालीहरुले संसारको जुनै ठाउँबाट पनि बिना कुनै झन्झट आफू र आफ्नो परिवारको लागि निःशुल्क Demat खाता खोली लाभन्वित हुन सक्नेछन् ।
यस योजनामा देश वा विदेशमा रहनु हुने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन Apply गरी भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्नुहुनेछ । व्यक्तिले Online request गर्दाVideo KYC छनौट गरी आफू अनुकूल समयमा appointment लिई सो मार्फत तुरुन्तै अनलाईन डिम्याट खोल्न सकिने क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलको Remittance डिम्याट खाताको विशेषताहरुः
यो योजनामा १ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर  अनलाइन सेवा प्रदान गरिने छ ।

श्रमिक हितग्राही संगै निजका परिवारजनलाई समेत १ वर्ष निःशुल्क डिम्याट तथा मेरो शेयर खाता खोलिने

भिडियो केवाइसि मार्फत तुरुन्तै अनलाईन डिम्याट खाता खोल्न सकिने ।

डिम्याट खाता खोल्ने सेवा प्रभु क्यापिटलको वेबसाइट तथा मोबाइल एपबाटै प्राप्त गर्न सकिनेछ ।

लगानी व्यवस्थापन सेवाको वार्षिक शूल्कमा ५० प्रतिशत छुट ।

IME Lifesidebar
kumari