stcnepal long ad
ime life insurance
national life
global ime bank long

डिम्याट खातामा राष्ट्रिय परिचयपत्र नम्बर अनलाइनबाटै अद्यावधिक गर्न सकिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया क्यापिटलले ग्राहकलाई डिम्याट खातामा राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बर अनलाइनमार्फत नै अद्यावधिक गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ।

क्यापिटलले प्रविधिमैत्री सेवा विस्तार गर्दै ‘लाइनमा होइन, अनलाइनमा’ भन्ने भाव अनुसार निक्षेप सदस्य (डीपी) सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउँदै आएको छ।

यही प्रकृयालाई थप प्रभावकारी बनाउँदै सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को निर्देशनअनुसार नयाँ डिम्याट खाता खोल्दा तथा विद्यमान खाताको केवाईसी अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य हुने व्यवस्था कार्यान्वयन गर्न यो सुविधा सुरु गरिएको जनाएको हो।

अब एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकका शाखामार्फत डिम्याट खाता खोलेका ग्राहकले क्यापिटलको वेबसाइट मार्फत सहज रूपमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्न सक्नेछन्।

यसका लागि ग्राहकले आफ्नो डिम्याट खाता नम्बर र जन्ममिति प्रविष्ट गरेपछि दर्ता भएको मोबाइल नम्बर वा इमेलमा प्राप्त हुने ओटीपी प्रमाणीकरण गर्नुपर्नेछ। त्यसपछि राष्ट्रिय परिचयपत्र नम्बर प्रविष्ट गरी परिचयपत्रको अगाडिको भाग स्पष्ट देखिने प्रतिलिपि वा राष्ट्रिय परिचयपत्र पुष्टि हुने कागजात अपलोड गर्नुपर्नेछ।

यस्तै, डिम्याट खातामा एनआईसी एशिया बैंकको बैंक खाता विवरण उल्लेख वा अद्यावधिक भएका ग्राहकको हकमा बैंक खातामा राष्ट्रिय परिचयपत्रको विवरण पहिले नै अद्यावधिक भएको भए सोही विवरणका आधारमा डिम्याट खातामा समेत स्वत: राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्ने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ।

IME Lifesidebar
kumari