stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सिटिजन्स सन्तुलित योजनाको इकाईमा आवेदन दिने म्याद थप

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पुस ४ गतेदेखि खुलेको सिटिजन्स सन्तुलित योजनाका इकाई खरिदका लागि आवेदन दिने म्याद लम्बिएको छ। निष्कासन बन्द छिटोमा पुस ८ गते हुन पर्नेमा पर्याप्त आवेदन नपरेपछि पुस १८ गतेसम्म लम्बिएको हो।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस योजनाको कुल आकार एक अर्ब रुपैयाँ रहेको छ।

म्युचुअल फण्डमा लगानी गर्दा बचतमा भन्दा बढी प्रतिफल प्राप्त गर्न सकिने सम्भावना हुन्छ । यस योजनाले शेयर तथा डिबेन्चरहरुमा लगानी गरी नाफा र जोखिमको सही सन्तुलन राख्नेछ । हाल नेप्से इन्डेक्स तल्लो तहमा भएकाले यस योजनाले लगानीबाट राम्रो प्रतिफल आर्जन गर्न सक्ने सम्भावना बढी हुन्छ ।

योजनाको इकाई खरिद गर्नका लागि आफ्नो “मेरो शेयर खाता मार्फत वा सि–आश्वा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका तोकिएको शाखा कार्यालयहरुबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

यस योजनामा सहभागी हुनका लागि न्यूनतम १०० र अधिकतम १००,००० इकाई (अर्थात प्रति इकाई १० को दरले न्यूनतम रकम रु। एक हजार र अधिकतम रकम रु दश करोड सम्म) खरिद आवेदन दिन सकिने प्रावधान रहेको छ । यस योजनाको वित्तीय प्रक्षेपण अनसुार औषत वार्षिक प्रतिफल १४ प्रतिशत हुने अनुमान गरिएको छ ।

सिटिजन्स क्यापिटलले इच्छुक व्यक्तिलाई १,००० कित्ता देखी २ लाख कित्ता सम्म आवेदन दिन सुझाव दिएको छ भन्ने संस्थाहरुलाई पनी सक्दो बढी कित्ताको लागी आवेदन दिन सुझाव दिएको छ

सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari