stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज पुस ४ गतेबाट सिटिजन्स सन्तुलित योजनाका इकाइहरु बिक्री खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।आज पुस ४ गतेदेखि सिटिजन्स सन्तुलित योजनाका इकाइहरु बिक्री खुला गरिने भएको छ। सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनाको १० रुपैयाँ अंकित दरका कुल १० करोड रुपैयाँको इकाइ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

कुल इकाइमध्ये १५ प्रतिशतले हुन आउने बीज पुँजी बापत १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित राखि बाँकी रहने ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्छन्।

यस योजनाको इकाइ बिक्री बन्द छिटोमा मंसिर ८ गते र ढिलोमा पुस १८ गते बैंकिङ समयपछि हुनेछ। योजना व्यवस्थापकमा सिटिजन्स क्यापिटल रहेको छ।

IME Lifesidebar
kumari