लक्ष्मी सनराइज क्यापिटलको घोषणा
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज असोज ३० गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजी ४८ करोड ८९ लाख रुपैयाँको कर सहित १५.७८ प्रतिशतका दरले ७ करोड ७१ लाख ९४ हजार ७३६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांश पारित गर्न कम्पनीले कात्तिक २१ गते बिहान ११ बजे काठमाडौंमा १५औँ वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको साधारण सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन र चालु आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्नेछ ।




























