stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा कम्पनी सञ्चालक समितिको अध्यक्ष अमित कुमार कयालको अध्यक्षतामा काठमाडौमा सम्पन्न भएको हो ।

साधारण सभाद्वारा अध्यक्षबाट प्रस्तुत भएको आर्थिक वर्ष २०८१/८२ वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ । त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक पि. एल. श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गरिएको छ ।

अध्यक्ष अमित कुमार कयालले नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीलाई एक उदाहरणीय कम्पनी बनाउन संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, तालिम एवं अनुसन्धान, बैज्ञानिक लगानी विविधिकरण र विश्वव्यापी लगानीको अभ्यासहरुलाई अवलम्बन गरि कार्य भइरहेको बताए ।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले आर्थिक वर्ष २०८१/८२ को कार्य प्रगति बारे र आर्थिक वर्ष २०८२/८३ को रणनीतिक योजनाहरुको बारे प्रस्तुतीकरण मार्फत सभालाई जानकारी गराए ।

साधारण सभामा मुख्य कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले प्रथम वार्षिक साधारण सभा समयमा सम्पन्न गर्न सकेकोमा धन्यवाद ज्ञापन गर्दै यो कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको पूर्ण स्वामित्वको कम्पनी रहेको जहाँ बीमितहरुबाट संकलित रकम लगानी भएकोले सुरक्षित लगानी गरी राम्रो प्रतिफल लिन गम्भिरतापूर्वक कार्य गर्न व्यवस्थापनलाई आग्रह गरे ।

मुख्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मूल लगानीको पूर्ण सुरक्षा गर्दै लगानी गर्दा सही समय, सही स्थान र सही प्रतिफल आउने गरी गर्न र मुख्य कम्पनीको ब्राण्ड ख्यातीलाई कम्पनीको विकासमा प्रयोग गर्न व्यवस्थापनलाई सुझाव दिए ।

साधारण सभाले प्रथम वार्षिक साधारण सभासम्मका लागि नियुक्त भएका सञ्चालकहरुलाई धन्यवाद ज्ञापन गर्दै मुख्य कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट सिफारिस भई आएका ४ जना (कमलेश कुमार अग्रवाल, कृष्णराज लामिछाने, प्रवीण रमण पराजुली र अमित कुमार कयाल) लाई सञ्चालक नियुक्तिका लागि अनुमोदन गरेको छ ।

आजै बसेको सञ्चालक समिति बैठकले कमलेश कुमार अग्रवाललाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ र सवै नवनियुक्त संचालकहरुले पदबहाली गरेका छन् ।

IME Lifesidebar
kumari