प्रभु क्यापिटलले १२.६३% लाभांश घोषणा
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ ।
क्यापिटलको बिहीबार बसेको सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १२.६३१६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसमा बोनस शेयर ४ प्रतिशत र नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) ८.६३१६ प्रतिशत रहेको छ ।
साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित लेखापरीक्षकको प्रतिवेदन, असार मसान्तसम्मको नाफा नोक्सान हिसाबत तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने र स्वतन्त्र सञ्चालकमा नियुक्त भएका सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्नेछ ।
त्यस्तै, साधारण सभाले बोनस शेयर जारीपश्चात् कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी पनि दिनेछ ।
क्यापिटलको वार्षिक साधारण सभा असोज १० गते रोयल सिंगी होटल, कमलादी, काठमाडौंमा बिहान ९ बजे बस्नेछ ।

























