stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किममा आवेदन दिन अन्तिम दिन आज

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष अन्तर्गत जेठ २३ गतेदेखि निष्कासनमा ल्याएको ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

यो म्युचुअल फण्ड खुलामुखी प्रकृतिको स्किम हो र यस स्किममा प्रति इकाई १० रुपैयाँ अंकित दरमा कुल २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ।

कुल ४ करोड इकाईमध्ये ३०–३० लाख इकाई प्रभु बैंक र प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी २ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यस स्किमको निष्काशन तथा बिक्री प्रबन्धक स्वयं प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइनबाट पनि आवेदन दिन सक्नेछन्।

कोष प्रबर्धक प्रभु बैंकलाई क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस’ र योजना व्यवस्थापक प्रभु क्यापिटललाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी एएमसी क्वालिटि ३ प्लस’ रेटिङ्ग प्रदान गरेको छ।

prabhu mahalaxmi
kumari