sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नबिल इन्भेष्टमेन्टका ३ वटा म्युचुअल फन्डको फागुनमा न्याभ र नाफा बढ्यो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित ३ वटै म्युचुअल फन्डको फागुन महिनामा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । यस्तै, अघिल्लो महिनाको तुलनामा ३ वटै फन्डको नाफा पनि बढेको छ ।

जसमा नबिल ब्यालेन्स्ड फन्ड–२ को न्याभ फागुन मसान्तमा २७ पैसाले बढेर ११ रुपैयाँ ७२ पैसा कायम भएको छ । माघमा यस फन्डको न्याभ ११ रुपैयाँ ४५ पैसा थियो ।

यस  फन्डले फागुन मसान्तसम्म ९५ करोड ९७ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । माघमा यसले ९३ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । यो फन्डको फागुनसम्ममा बैंक मौज्दात भने घटेर ११ करोड ४९ लाख रुपैयाँ कायम भएको छ ।

माघमा यसको बैंक मौज्दातमा १२ करोड १ लाख रुपैयाँ रहेको थियो । फागुन मसान्तसम्म फन्ड १८ करोड ८६ लाख रुपैयाँ नाफामा रहेको छ । माघ मसान्तसम्म फन्ड १५ करोड ८० लाख रुपैयाँ नाफामा रहेको थियो ।

gold
kumari bank
nawakantipur long