सिटिजन्स क्यापिटलका ३ वटै म्युचुअल फन्डको न्याभ र नाफामा प्रभावित
काठमाडौं । मंसिर महिनामा सिटिजन्स क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । यस्तै, यी फन्डहरुको नाफा पनि अघिल्लो महिनाको तुलनामा घट्न पुगेको छ ।
जसमा सिटिजन्स म्युचुअल फन्ड–१ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) मंसिरमा १४ पैसाले घटेर ११ रुपैयाँ ३६ पैसा कायम भएको छ । कात्तिक महिनामा यसको न्याभ ११ रुपैयाँ ५० पैसा रहेको थियो ।
म्युचुअल फन्डले मंसिर मसान्तसम्म २२ करोड ९८ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । कात्तिकमा यसले २९ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । यस अवधिसम्म फन्डको बैंक मौज्दातमा ४६ करोड ७२ लाख रुपैयाँ छ ।
फन्डको मुद्दति निक्षेपमा ३ करोड रुपैयाँ छ । मंसिरसम्म आइपुग्दा यस फन्ड १० करोड ७७ लाख रुपैयाँ नाफामा रहेको छ । कात्तिकमा यसले ११ करोड ९१ लाख नाफा कमाएको थियो ।
यता, सिटिजन्स म्युचुअल फन्ड–२ को न्याभ पनि मंसिरमा ३६ पैसाले घटेर १० रुपैयाँ ९८ पैसा कायम भएको छ । कात्तिकमा यसको न्याभ ११ रुपैयाँ ३४ पैसा रहेको थियो । यस फन्डले मंसिर मसान्तसम्म ५० करोड ३१ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ ।
मंसिर सम्ममा सिटिजन्स म्युचुअल फन्ड–२ को बैंक मौज्दातमा २ करोड २ लाख रुपैयाँ रहेको छ । मंसिसम्म आइपुग्दा यो फन्ड ५ करोड ३० लाख रुपैयाँ नाफामा रहेको छ । कात्तिकसम्ममा फन्ड ७ करोड ३२ लाख रुपैयाँ नाफामा रहेको थियो ।
यसैगरी, सिटिजन्स सुपर ३० म्युचुअल फन्डको न्याभ मंसिर मसान्तसम्म ३९ पैसाले घटेर १० रुपैयाँ ८६ पैसामा झरेको छ । कात्तिक महिनामा यसको न्याभ ११ रुपैयाँ २५ पैसा रहेको थियो । यस फन्डले भदौसम्म ५७ करोड १४ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ ।
सुपर ३० म्युचुअल फन्डको बैंक मौज्दातमा १४ करोड ८७ लाख रुपैयाँ र मुद्दति निक्षेपमा ६ करोड रुपैयाँ छ । मंसिरसम्म आइपुग्दा यो फन्ड ६ करोड १२ लाख रुपैयाँ नाफामा रहेको छ । कात्तिक सम्ममा यो फन्ड ९ करोड ७ लाख रुपैयाँ नाफामा रहेको थियो ।