stcnepal long ad
himalayan life insurance long ad

आज सोमबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज सोमबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५० हजार ६०० रुपैयाँ कायम भएको छ ।

यस अघि, आइतबार छापावाल सुनको भाउ १ लाख ५० हजार २०० रुपैयाँ रहेको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १७ सय ९५ रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको भाउ प्रतितोला १७ सय ९० रुपैयाँ कायम रहेको थियो ।