stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

यामाहा नेपालले ड्रिम इट, वन इट योजना सार्वजनिक 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यामाहा नेपालले नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘ड्रिम इट, वन इट’ सार्वजनिक गरेको छ ।

यस योजनाले ग्राहकहरूलाई केवल ७।९९ ब्याजदरको न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना पुस १० ९२०२४ डिसेम्बर २५० देखि लागु भइरहेको छ ।

‘ड्रिम इट, वन इट’ योजना सबै यामाहा मोटरसाइकल र स्कुटरहरूमा (शर्तहरू सहित) उपलब्ध हुनेछ । ग्राहकहरूले कम्तिमा ४० प्रतिशत डाउन पेमेन्ट र लचिलो किस्ताबन्दी योजनाहरूको फाइदा लिई सजिलैसँग यामाहालाई आफ्नो घर ल्याउन सक्नेछन् । साथै, यस योजनाले सरल कागजी प्रक्रिया र रुचि अनुसारको ई.एम.आई. योजना रोज्ने सुविधा प्रदान गर्दछ।

यस योजनासँगै, यामाहा नेपालले ‘टेस्ट राइट एन्ड विन’ अभियान पनि ल्याएको छ। यस अभियान अन्तर्गत हरेक ग्राहकले यामाहा टेष्ट राइडमा सहभागी भएर निश्चित उपहारहरू पाउनेछन् र लक्की ड्र मार्फत् आकर्षक उपहारहरू जित्ने अवसर पनि प्राप्त गर्नेछन्।

एमएडब्लु राइड्सका कार्यकारी निर्देशक एवं सीईओ दीपक कुमार अग्रवालले यस योजनाको बारेमा खुसी व्यक्त गर्दै भने, ‘ड्रिम इट, वन इट’ वित्तीय योजना मार्फत् हामीले ग्राहकहरूका लागि यामाहा मोटरसाइकल र स्कुटरहरू अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौँ।

यामाहाको उत्कृष्ट प्रदर्शन, भरपर्दो गुणस्तर र १० वर्षे वारेन्टीसहितको प्रतिबद्धताले १५ वर्षदेखिको एफ।आई। नेतृत्वलाई सशक्त बनाउँदै ग्राहकहरूलाई अनुपम सवारी अनुभव प्रदान गर्नेछ।’

यो पहलले यामाहाको ग्राहक सन्तुष्टिप्रतिको समर्पणलाई प्रस्ट्याउँदै ग्राहकहरूलाई यामाहाको प्रविधि र प्रदर्शनलाई प्रत्यक्ष अनुभव गर्न प्रोत्साहित गर्ने कम्पनीले जनाएको छ ।

यामाहा नेपाल, एमएडब्लु इन्टरप्राइजेजको सहायक कम्पनी हो, जसले नेपाली बजारमा उच्च९गुणस्तर, भरपर्दो र स्टाइलिश दुई पांग्रे सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ। दशकौँदेखि स्थापित यामाहा विश्वभर मोटरसाइकल उद्योगमा अग्रस्थानमा रहेको छ।

prabhu mahalaxmi
kumari