एनएमबि क्यापिटलले म्युचुअल फन्ड बिक्री गर्न धितोपत्र बोर्डबाट पायो अनुमति
काठमाडौं । एनएमबि क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
क्यापिटलले ‘एनएमबि हाइब्रिड फन्ड एल–२’ को १२ करोड इकाई बिक्री गर्न अनुमति पाएको हो । फन्डले १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई बिक्री गर्नेछ ।
प्रतिइकाई १० रुपैयाँको दरल उक्त योजना जारी हुनेछ । यो बन्दमुखी योजना हो । यसको अवधि १० वर्ष रहेको छ ।