stcnepal long ad
himalayan life insurance long ad

एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच ग्राहक सेवा प्रवर्द्धनका लागि सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एलिट क्यापिटल लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीबीच एक–अर्काको ग्राहक सेवा प्रवर्द्धनका लागि सम्झौता भएको छ। रिलायन्स र नवस्थापित मर्चेन्ट बैंकर एलिट क्यापिटल दुवैले वित्तीय सेवा र पुँजीबजारसम्बन्धी सेवा सहज र सरल रुपमा दिनका लागि सम्झौता गरेका हुन्।

सम्झौतापत्रमा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अध्यक्ष समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार रिलायन्स फाइनान्सका देशभर रहेका २२ वटा शाखामार्फत एलिट क्यापिटलका सेवाहरु प्रवाह हुनेछ।

सेयर लगानीकर्ताका लागि डिम्याट खाता, पोर्टफोलियो मेनेजमेन्ट सेवा, कर्पोरेट एडभाईजरी सेवा र अण्डरराइटिङ सेवा एलिट क्यापिटलले दिनेछ।

यसबाहेक लगानीकर्तालाई शेयर कारोबार गर्नका लागि एलिट स्टक हाउस (ब्रोकर नम्बर ६८) मार्फत कारोबार खाता एवं अनलाइन टीएमएस सेवा समेत उपलव्ध गराइने भएको छ।

यसका साथै रिलायन्स फाइनान्सले बैंक खाता र आस्वा सेवा तथा सिआरएन नम्बर उपलव्ध गराउनेछ भने शेयर लगानीकर्ताहरुलाई सहुलियत दरमा मार्जिन कर्जासमेत उपलव्ध गराउनेछ।

एलिट क्यापिटलले १९९९ रुपैयाँमा एकपटक खोलेपछि आजीवन नवीकरण गर्न नपर्ने गरी डिम्याट खाता खोल्ने स्किम ल्याएको छ भने ९९९ रुपैयाँमा १० वर्षसम्म नवीकरण गर्नु नपर्ने खाता खोल्ने भएको छ।

यस्तै रिलायन्स फाइनान्सका खातावालका लागि एलिट क्यापिटलले पोर्टफोलियो म्यानेजमेन्ट सेवा शुल्कमा ५० प्रतिशतसम्म छुट दिने जनाएको छ।

उपत्यकाबाहिरका शाखाहरुमा डिम्याट खाता र ब्रोकरको खाताका लागि ग्राहकबाट धेरै अनुरोध आएकाले सहजीकरण गर्न र दुवै संस्थाले आफ्ना सेवालाई थप विस्तार गर्न यो सम्झौता गरिएको जनाएका छन्।