stcnepal long ad
Himalayan bank

सिद्धार्थ बैंकको नाफा करिब १० प्रतिशतले बढ्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष ०७८/७९ को तुलनामा आर्थिक वर्ष ०७९/८० को चौथो त्रैमासमा बैंकको नाफा ९ दशमलव ९१ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी २३ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब ५९ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । संचालन नाफा ९ दशमलव ८३ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले प्रकाशन गरेको प्रतिवेदन अनुसार कम्पनीको वितरणयोग्य नाफा ७९ करोड ५७ लाख रहेको छ । यसको आधारमा कम्पनीको प्रति शेयर वितरणयोग्य नाफा ९लाभांश क्षमता० ५ रुपैयाँ ६५ पैसा रहेको छ ।

कम्पनीको खराब कर्जा भने केही बढेको छ । अघिल्लो वर्ष १ दशमलव ०७ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यमा २ दशमलव ०१ प्रतिशत रहेको छ ।

१४ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडामा १० अर्ब ५७ करोड रुपैयाँ र रिटेण्ड अर्निंङ्गमा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ।

प्रकाशित तथ्याङ्क अनुसार कम्पनीको प्रति शेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा र प्रति शेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा रहेको छ ।

himalayan life insurance
igi long