stcnepal long ad
global ime bank long

एनआईसी एशिया बैंकका ग्राहकले सामसुङ ग्यालेक्सीका विभिन्न मोडल खरिदमा छुट पाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइल बीच एनआईसी एशिया बैंकका ग्राहकहरुलाई सामसुङ ग्यालेक्सी S10/S10+ तथा सामसुङ ग्यालेक्सी Note10/10+ को खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकहरुले बैंकको डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवा बैंकको आफ्नै POS / QR प्रयोग गरि सामसुङ ग्यालेक्सी S10/S10+ तथा सामसुङ ग्यालेक्सी Note10/10+ खरिद गर्दा प्रत्येक खरिदमा १५५ वा अधिकतम रु. ३,००० सम्म छुट प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सामसुङको नेपाल स्थित कार्यालयका जनरल म्यानेजर प्रणय रत्न स्थापितले आदान–प्रदान गर्नुभयो । गत माघ १२ गतेदेखि फाल्गुण १६ गतेसम्म लागू हुने यस योजनाबाट बैंकका ग्राहकहरुले लाभ लिन सक्नेछन् ।
बैंकले आफ्नो रणनीति अनुसार कार्ड तथा मोबाइल बैङ्किङ्गबाट गरिने विद्युतिय भुक्तानीलाई अत्याधिक प्रबर्धन गर्दै आइरहेको छ । यसै अनुरुप बैंकको डेबिट क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवाग्राहीहरुले यस बैंकको कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवा प्रयोग गरि विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,०२५ भन्दा बढि मर्चेन्टहरुबाट १५ देखि ५०५ सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् जुन नेपाली बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट हो । उक्त छुट देश भर रहेको विभिन्न ख्याति प्राप्त २०५ अस्पतालहरु, ६०० होटल, रिर्सोट तथा रेस्टुराँ, ९०० रिटेल आउटलेट तथा ३२० विभिन्न सेवा तथा सामान विक्रि गर्ने स्थानहरुबाट ग्राहक महानुभावहरुले सजिलै प्राप्त गर्न सक्नेछन् ।
विद्युतिय भुक्तानीलाई थप सरल बनाउनुको साथसाथै यसको पहुँच बिस्तार गर्न बैंकले हालसम्म देशको विभिन्न ३,७०० भन्दा बढि स्थानहरुबाट एइक् तथा १२,००० भन्दा बढि स्थानहरुबाट त्तच् सेवा प्रदान गर्दै आइरहेको छ जुन संख्या हाल बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मध्ये पर्दछ । हाल यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

IME Lifesidebar
kumari