citizens life insurance long ad
stcnepal long ad

महालक्ष्मी विकास बैंकद्वारा शताब्दी पुरुष श्री सत्यमोहन जोशीज्यूको चाहाना प्रति सम्मान ब्यक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शताब्दी पुरुष सत्यमोहन जोशीको लोकसाहित्य विकास प्रतिको चाहानालाइृ सम्मान गर्न उहाँँँद्धारा रचित बाल साहित्य पुस्तक प्रकाशानर्थ सहयोग प्रदान गरेको छ ।

भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न स्वर्गीय जोशी ज्यूले पु¥याउनुभएको योगदानको कदर गर्न तथा उहाँको जीवनकालमा राख्नुभएको चाहानालाई मुर्त रुप प्रदान गर्न यस बैंकले पुस्तक प्रकाशानर्थ संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको हो ।

लोक कथा तथा लोकगित संकलन गर्ने, लोक साहित्य संस्कृति तथा कला सम्बन्धी अध्ययन अनुसन्धान गरि पुस्तक प्रकाशन गर्ने जस्ता कार्यमा सक्रिय प्राज्ञिक तथा साहित्यिक संस्था लोकसाहित्य परिषद् बखुंबहाल, ललितपुरको अगुवाइमा वांगमय शताब्दी पुरुष श्री सत्यमोहन जोशी द्धारा रचित पुस्तक चखुंचां हाःगु म्ये (भंगेराले गुनगुनाएको गीत) शताब्दी पुरुष सत्यमोहन जोशीको १०४ औं जन्म जयन्तीको अवसरमा २०८०/०१/२७ गते बेलुका ५ बजे यस बैंकको उपस्थितिमा एक समारोहको बिच लोर्कापण भएको थियो ।

आगामी दिनहरुमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि निरन्तर रुपमा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

IME Life
kumari