stcnepal long ad
ime life insurance
national life
global ime bank long

कुमारी बैंकद्धारा एक हजार किलो खाद्य सामाग्री हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ८ गते बिहीबार

काठमाडौं ।  सरकारले लकडाउन घोषणा गरेको कारण दैनिक ज्यालादारीमा काम गर्ने तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई कुमारी बैंकले सहयोग गरेको छ ।

यसैक्रममा कुमारी बैंकको चन्द्रगढी शाखाले “एकका लागि एक अभियानका साथ झापा जिल्लामा क्वारेन्टाइनमा क्रमिक रुपले खाद्य सामाग्री वितरण गर्दै आएको सहारा नेपालको नेत्रितोमा रहेका विभिन्न संघसस्थालाई १००० किलो खाद्य हस्तान्तरण  गरेको छ ।

बुधवार चन्द्रगढी शाखाका शाखा प्रमुख उशितपा पाण्डेले सहारा नेपाल संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीलाई सो खाद्य सामाग्री हस्तान्तरण गरेका थिए ।

कोरोनाको प्रकोपलाई फैलन नदिने र क्वारेन्टाइन व्यवस्थापन लगायतका लागी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको बैंकले जनाएको छ ।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई आफ्ना शाखा र एटिएम मार्फत निरन्तर बैंकिङ सुविधा प्रदान गरी रहेको छ ।

IME Lifesidebar
kumari