फागुन २० गते शनिवार पनि आरटीजीएस प्रणाली सुचारु रहने
Nepal Rastra Bank
काठमाडौं । फागुन २० गते शनिवार पनि आरटीजीएस प्रणाली संचालनमा रहने भएको छ । शनिवार विदाको दिन भए पनि नेपाल राष्ट्र बैंकले एक सुचना जारी गर्दै आरआरटीजीएस प्रणाली सुचारु रहने बताएको छ ।
विकास ऋणपत्र २०७९ क को व्याज भुक्तानीको लागि मिति २०७९ फागुन २० गते शनिवार बिहान १० बजेदेखि १२ बजेसम्म आरआरटीजीएस प्रणाली संचालन हुने राष्ट्र बैंकले जनाएको छ।
आरटीजीएस भनेको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) नामको भुक्तानी सेवा हो । यसमा भुक्तानीका लागि चेक आवश्यक पर्दैन। सेवाग्राहीले चेक नकाटी त्यसको सट्टामा एउटा निवेदनको आधारमा तत्कालै रकम भुक्तनी गर्न सकिन्छ।
आरटीजीएस प्रणालीमा २ लाखभन्दा बढीको भुक्तानी गर्न चेक काट्नु पर्दैन । यस प्रणाली भनेको एक बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा रकमान्तर गर्ने स्वचालित विद्युतीय भुक्तानी प्रणाली हो ।
























