stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २४ गते २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता रहेका कारण केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ च’ जारी गर्ने भएको हो। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउने छन्।

आज मध्याह्न ३ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ।

यो एकवर्षे अवधिको ऋणपत्र हो। यसको साँव भुक्तानी २०८४ असार २४ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ।

यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ। यो ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिनेछ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari