stcnepal long ad
global ime bank long

केन्द्रीय बैंकले लक डाउन लक्षित ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन’ जारी गर्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ जेठ ६ गते मंगलबार
काठमाडौं । केन्द्रीय बैंकले लक डाउनलाई लक्षित गरेर ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन २०७७’ जारी गरेको छ । जस मार्फत ‘वर्क फ्रम होम’ लाई स्वीकृति प्रदान गरेको छ ।
आफ्ना कर्मचारीका लागि राष्ट्र बैंकले सोमबार मार्गदर्शन जारी गर्दै कामको प्रकृति बमोजिम कर्मचारीलाई घरबाटै कार्यालयको काम गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
घरबाट काम गर्ने स्वीकृति प्राप्त कर्मचारीहरुले निरन्तर रुपमा आफ्ना सुपरिवेक्षक तथा विभाग, कार्यालय, इकाइका प्रमुखसँग सम्पर्कमा रहनु पर्ने हुन्छ ।
कर्मचारीले आफ्नो टेलिफोन र मोबाइल तयारी अवस्थामा राख्नु पर्ने हुन्छ । इमेललाई अद्यावधिक रुपमा राखी सम्बन्धित प्रमुखसँग निरन्तर सम्पर्कमा रहनु पर्छ ।
राष्ट्र बैंकले कार्यालय तथा स्वास्थ्य सुरक्षा सम्बन्धमा पनि सावधानी अपनाउन भनेको छ । अनिवार्य रुपमा तापक्रम मापन गर्ने इन्फ्रारेड थर्मोमिटरको ब्यवस्था गर्नु पर्ने छ ।
कर्मचारी तथा सेवाग्राहीलाई कार्यालय प्रवेशमा अनिवार्य मास्क लगाउन भनिएको छ । स्यानिटाइजर, मास्कको ब्यवस्था राष्ट्र बैंक आँफैले गर्नेछ ।
लक डाउनका बेलामा बैंकिङ कार्यालय, मुद्रा ब्यवस्थापन विभाग र प्रदेशस्थित कार्यालयबाट गरिने फण्ड ट्रान्सफर, सरकारी कारोबार, चेक भुक्तानी तथा नगद जम्मा गर्ने कार्यले निरन्तरता पाउने छ ।
बैंक तथा वित्तीय संस्थाहरुबाट नगद दाखिला बुझिलिने सम्बन्धमा सुरुमा शिलबन्द बाक्सा नै बुझी केही दिनपछि मात्र गणना गरि बुझिलिने ब्यवस्था गरिएको छ  ।
केन्द्रीय बैंकले बढीमा एक तिहाई कर्मचारीबाट सेवा सञ्चालन गर्नपर्ने व्यवस्था गरेको छ भने कर्मचारी विचमा न्युनतम भौतिक दूरी कायम गरी काम गर्नुपर्ने व्यवस्था छ ।
सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहने बैंकिङ तथा मुद्रा व्यवस्थापन सम्बन्धि काय सञ्चालन गर्दा न्युनतम भौतिक दुरी कायम गरी अनिवार्य रुपमा ग्लोभ्स र मास्क लगाई सेवा प्रदान गर्नुपर्ने छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाबाट नगद दाखिला बुझिलिदा सुरुमा  शिलबन्दि बाक्सा नै बुझिलिने र केहि दिनपछि मात्र गणना गरी बुझिलिने व्यवस्था गर्नुपर्ने छ ।

नोटबाट संक्रमण फैलन नदिन प्राप्त हुने नोट गणना गर्नुअघि डिसइन्फेक्सन गराउन अनिवार्य स्प्रे गराउने व्यवस्था गरेको छ ।
IME Lifesidebar
kumari