citizens life insurance long ad
stcnepal long ad

आज एनआईबिएल ग्रोथ फन्डको इकाइ बाँडफाँड हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने पाँचौँ योजना ‘एनआईबिएल ग्रोथ फन्ड’ का इकाइहरु आज विहान ११ बजे बाँडफाँड गरिने भएको छ ।

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको काठमाडौंको लाजिम्पाटस्थित कार्यालयमा बाँडफाँड हुनेछ ।

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको ‘एनआईबिएल म्युचुअल फन्ड’का इकाइहरु गत पुस ७ गतेदेखि पुस २१ गतेसम्म बिक्री खुला गरिएको थियो ।

सार्वजनिक निष्कासन अवधिभरमा यस योजनामा ४५ लाख ८३३ जना विभिन्न संस्था तथा सर्वसाधारण लगानीकर्ताबाट कुल १ अर्ब ३२ करोडभन्दा बढीको इकाइ खरिदका लागि आवेदन परेको छ ।

दसवर्षे समयावधिका लागि जारी गरिएको ‘एनआईबिएल ग्रोथ फन्ड’का इकाइहरु दोस्रो बजारबाट सजिलै खरिद बिक्री गर्न सकिनेछ ।

IME Life
kumari