stcnepal long ad
global ime bank long

एनएमबि बैंकको नाफामा वृद्धि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख ३० गते मंगलबार

काठमाडौं । एनएमबि बैंकले तेस्रो त्रैमाससम्ममा १४ दशमलब ०६ प्रतिशतले नाफामा वृद्धि गरेको छ ।  बैंकले चालू अबको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८८ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

यस अवधिमा बैंकको वितरण योग्य नाफा ५८ करोड ७७ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकको वितरण योग्य नाफा ९७ करोड २१ लाख रुपैयाँ रहेको थियो। बैंकको खुद ब्याज आम्दानी बढेका कारण नाफा बढ्न सहयोग पुगेको हो। बैंकले चैत मसान्तसम्ममा ४ अर्ब २९ करोड खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको यसै अवधिको तुलनामा १ अर्ब २० करोड रुपैयाँ धेरै हो । बैंकको सञ्चालन नाफा भने ४७ करोड २७ लाख करोड रुपैयाँ घटेर १ अर्ब ८७ करोड ६४ लाखमा झरेको छ।

चैत मसान्तसम्ममा बैंकले १ खर्ब २७ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब ५६ करोड लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत आवको अन्त्यसम्मामा बैंकले ९७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

गत आवको तुलनामा बैंकको खराब कर्जा अनुपात २ दशमलब ४८ प्रतिशतले बढेको छ । गत आवको चैत मसान्तमा शुन्य दशमलब ७९ प्रतिशत रहेको थियो । चुक्ता पूँजी १३ अर्ब ९५ करोड ९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। बैंकको वार्षिक प्रतिशेयर आम्दानी १८  दशमलब ६९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ८३ पैसा, मूल्य आम्दानी अनुपात २० दशमलब १७ गुणा, पूँजीकोष अनुपात १४ दशमलब २६ प्रतिशत र कोषको लागत ७ दशमलब ०९ प्रतिशत रहेको छ।

चैत मसान्तसम्ममा बैंकको आधारदर ९ दशमलब ९९ प्रतिशत छ भने स्प्रेडदर ४ दशमलब ८८ प्रतिशत छ। एनएमबि बैंकको यो वित्तीय विवरण ओम डेलपमेन्ट बैंक मर्जपछिको एकिकृत वित्तीय विवरण हो ।

IME Lifesidebar
kumari