citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

ग्रीन डेभलपमेन्ट बैंकले १३.८५% ले बढायो नाफा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २६ गते शुक्रबार

काठमाडौं ।  ग्रीन डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सर्वजनिक गरेको छ । नाफा गत वर्षको भन्दा १३.८५% धेरै हो । गत वर्ष बैंकले १ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २४.८७% र १३.८५% ले बढाउन सफल भएको छ ।

गत वर्ष ५ करोड ६ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो त्रैमासमा बढाएर ६ करोड ३२ लाख रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि २ करोड रुपैयाँबाट बढाएर २ करोड ३२ लाख पुर्याएको छ । चैत मसान्तसम्म १ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरेको यस बैंकले १ अर्बं ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल ग्रीनको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ ।

रिजर्भ कोषमा भने २ करोड ७२ लाख रुपैयाँ छ । बैंकले रिटेन्ड अर्निङमा ५ करोड १४ लाख रुपैयाँ राखेको छ । ग्रीनले खराब कर्जा पनि घटाउन सफल भएको छ । गत वर्ष ३.८६% रहेको यसको खराब कर्जा यो त्रैमासमा घटेर २.३२% मा सीमित भएको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३३ पैसा (वार्षिक) रहेको ग्रीनको प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ४८ पैसा छ ।

gold
himalayan life insurance long ad
kumari bank