stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन्स बैंकद्वारा मास्क, सेनिटाइजर र पन्जा हस्तान्तरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २५ गते बिहीबार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वडा प्रहरी कार्यालय विर्ता, पर्सालाई मास्क, सेनिटाइजर तथा पन्जा हस्तान्तरण गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले मास्क, पन्जा तथा सेनिटाइजर  प्रदान गरेको हो  ।

कोभिड १९ को महामारीलाई नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको कुरा बैंकले जानकारी दिएको छ । यस किसिमको सहयोगले कोरोना महामारी विरुद्ध लड्न सुरक्षा  निकायलाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यस अघि पनि कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा  बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा ७ लाख रुपैयाँका दरले रु ४९ लाख रुपैयाँ तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव पाँच लाख गरि हालसम्म कुल ५४ लाख रुपैयाँको सहयोग गरिसकेको छ । आगामी दिनमा समेत महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ ।

कोरोना भाइरस कोभिड १९ महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको ए.टि.एम कुनै पनि बैंकको ए.टि.एम मा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

prabhu mahalaxmi
kumari