sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

मंसिर १८ गते नबिल इन्भेष्टमेण्टको विशेष साधारण सभा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले विशेष साधारण सभा मंसिर १८ गते गर्ने भएको छ । उक्त सभा कम्पनीको सभा कक्ष नक्साल, काठमाडौंमा बिहान १० बजे हुनेछ ।

सभाले नेपाल बङ्गलादेश क्यापिटल र नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड एक आपसमा गाभिने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले यी दुई क्यापिटलको शेयर आदान प्रदान अनुपात १ः ०.२७ अर्थात् नेपाल बङ्गलादेश क्यापिटलको १ शेयर बराबर नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको शून्य दशमलव २७ शेयर प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले यी दुई क्यापिटल बीच एक आपसमा मर्ज भएपछि बन्ने कम्पनीको नाम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड राख्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले दुई क्यापिटल एक आपसमा मर्जर गर्ने प्रक्रियामा आवश्यक पर्ने कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

gold
prabhu bank
nawakantipur long