sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको शेयर कारोबार फुकुवा

नेप्सेले मङ्सिर १ गतेको निर्णय अनुसार मर्जर प्रक्रियामा रहेका यी बैंकको शेयर कारोबार फुकुवा गर्ने निर्णय

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्सेले) नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार फुकुवा गरेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले मङ्सिर १ गतेको निर्णय अनुसार मर्जर प्रक्रियामा रहेका यी बैंकको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको जनाएको छ ।

यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम दुवै बैंकको शेयर कारोबार फुकुवा गरेको हो ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख रहेको छ । मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ लाख ४ करोड रहेको छ ।

gold
prabhu bank
nawakantipur long