आज मंसिर २ गते एनसीसी बैंकको साधारण सभा
लाभांश पारित हुँदै
काठमाडौ । एनसीसी बैंकको वार्षिक साधारण सभा आज मंसिर २ गते बस्दैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
सभामा गत वर्षको नाफाबाट बैंक सञ्चाल समितिले प्रस्ताव गरेको ३।३६ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।
सभामा आर्थिक वर्ष २०७८/७९ को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १५ गते बुक क्लोज गरेको छ । तथापि, यसले कुमारी बैंकसँग मर्जर सम्झौता गरेको हुनाले असोज ११ गते देखि बैंकको कारोबार रोक्का रहेको छ ।























