एभरेष्ट बैंकद्वारा प्रदेश २ को कोरोना उपचार कोषमा ६ लाख प्रदान

आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार
काठमाडौँ । एभरेष्ट बैंकले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश नं २ को सरकारले स्थापना गरेको राहत कोषमा रु ६ लाख प्रदान गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतलाई सो बैंकका जनकपुरस्थित प्रतिनिधिहरुले आज सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । राहत कोषमा प्राप्त रकम कोरोना रोग नियन्त्रणमा खर्च गरिनेछ ।