citizens life insurance long ad
stcnepal long ad

सिद्वार्थ बैंकको नाफा घटयो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सिद्धार्थ बैंक लिमिटेडको खुद नाफा घटेको छ । यस अवधिमा खुद नाफा ४७.४८ प्रतिशतले घटेर ४९ करोड ८२ लाख ५० हजार रुपैयाँमा सीमित भएको सो बैंकले जनाएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा यसले ९४ करोड ८७ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा इम्पेरिमेन्ट चार्ज ह्वातै बढेकाले खुद नाफा प्रभावित भएको हो ।

गत वर्ष २० करोड ८५ लाख १३ हजार रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज यो वर्ष ८९ करोड ३० लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

वितरण योग्य नाफा भने ३११.३९ प्रतिशत ले बढेर एक अर्ब २२ करोड ५१ लाख रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ १५ पैसा छ ।

IME Life
kumari