citizens life insurance long ad
stcnepal long ad

नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशत ले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी ६४. ०५ प्रतिशत ले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो ।

सञ्चालन नाफा ४०.३८प्रतिशत ले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा पनि २४२.२८प्रतिशत ले बढेको छ ।

यता, बैंकको प्रतिसेयर आम्दानी भने ५ रुपैयाँ १ पैसाले घटेर २७ रुपैयाँ ०१ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ११ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ २८ पैसा छ ।

IME Life
kumari