citizens life insurance long ad
stcnepal long ad

हिमालयन बैंकका कार्डबाहकलाई विशेष सुविधा दिँदै भिस्तारा एयरलाइन्स

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका कार्डबाहकलाई विशेष सुविधा दिने भएको छ । सो सम्बन्धमा हिमालयन बैंक र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) बीच असोज १३ गते सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भीसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहरुलाई काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रायोरिटि चेक इन सुबिधा प्रदान गर्ने भएको छ ।

यस सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जवल राजभण्डारी र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले हस्ताक्षर गरेका हुन् ।

बैंकले हाल कूल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटीएम र ६ हजारभन्दा बढी पीओएस टर्मिनल्सबाट सेवा प्रदान गर्दै आएको छ ।

विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु जस्तै अमेरिकन एक्सप्रेस, मास्टरकाड, भीसा, युनियन पे, जेसिबी, डाइनरस् डिस्कभर, आदि आफ्नो नेटवर्कमा स्वीकार गर्ने हिमालयन बैंक नेपालको एक मात्र बैंक हो ।

यसैगरी, भिस्तारा एयरलाइन्स भारत भित्र तथा बाहिर गरी ३९ गन्तव्यहरुमा आफ्ना ५० वटा वायुयानहरु बाट दैनिक २५० भन्दा बढी उडानहरु संचालन गर्दै आएको छ ।

 

IME Life
kumari