citizens life insurance long ad
stcnepal long ad

बैंकहरूले १६ अर्ब तरलता सुविधा लिए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । चालुु आर्थिक वर्षको साउन र भदौ दुुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुले १६ खर्ब बढी स्थायी तरलता सुविधा लिएका छन्।

नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभाग स्रोतका अनुुसार विभिन्न बैंक तथा वित्तीय संस्थाले दुुई महिनामा १६ खर्ब ५३ अर्ब ५० करोड ४५ लाख रुपैयाँ तरलता बापतको सुुविधा लिएका छन्।

भदौ मसान्तसम्म १० बैंक तथा वित्तीय संस्थाले ७ अर्ब ४३ करोड रुपैयाँ राष्ट्र बैंकबाट सापटी लिएका छन्।

चालुु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै बैंक तथा वित्तीय संस्थाहरुले ८ खर्ब १४ अर्ब ७० करोड ५५ लाख रुपैयाँ सापटी लिएका थिए भने भदौमा ८ खर्ब ३८ अर्ब ८९ करोड ९ लाख रुपैयाँ लिएका छन्।

बैंकिङ प्रणालीमा तरलताको अभाव बढ्दै गएपछि बैंकहरुले राष्ट्र बैंकबाट सापटीमा रुपमा तरलता सुुविधाको प्रयोग गर्दछन्।

राष्ट्र बैैंकले बैंक तथा वित्तीय संस्थालाई ८.५० प्रतिशत ब्याजदरमा स्थायी तरलता सुविधा दिँदै आएको छ।

IME Life
kumari