stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआईसी एशियाका ग्राहकलाई आमाको मुख हेर्ने दिन केक तथा उपहार खरिद गर्दा १०% नगद फिर्ता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख ११ गते बिहीबार

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट यस वर्षको आमाको मुख हेर्ने दिन अर्थात वैशाख ११ गते (आज विहिबार) दिनभर केक वा विभिन्न उपहार सामग्री खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रु. ५०० सम्म नगद फिर्ता हुने भएको छ ।

फुडमाण्डौँ, ग्यापु मार्केट प्यालेस र यूजी केक्स मार्फत उपलब्ध हुने केक तथा उपहारहरू खरिद गर्दा १० प्रतिशत वा अधिकतम रु. ५०० सम्म नगद फिर्ता हुने व्यवस्था बैंक र उक्त अनलाईन डेलिभरी गर्ने संस्थाहरुबीच समझदारी भएको छ ।

जस अनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट/ क्रेडिट कार्ड प्रयोग गरी उपहार सामग्रीको लागत रकम भुक्तानी गर्दा ग्राहक महानुभावहरूले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्ने छन् । लकडाउनको समयमा ग्राहकहरूलाई घरमै बसी यसरी अनलाईनबाटै समान खरिद गर्न सहज होस भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ ।

बैंकले लकडाउन आवधिभर दराज अनलाईनमा रहेको बिग मार्टका साथै सेल्सबेरी, मेरोकिराना, फुडमाण्डौ र सेन्टरबजार मार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा समेत खरिद रकमको १० प्रतिशत वा अधिकतम रु. ५०० सम्म नगद फिर्ता हुने योजना लागू गरिरहेको छ ।

यसका साथै, यस बैैंकका ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग तथा कार्ड प्रयोग गरी नेपाल भरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय माध्यमहरू प्रयोग गरी ग्राहकहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरूप बैंकले यस्तो योजना ल्याएको जनाएको छ ।

IME Lifesidebar
kumari