stcnepal long ad
global ime bank long

एनसीसी बैंक र कर्णाली केयरबीच सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनसीसी बैंक र सुर्खेत, जुम्लारोड स्थित कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । कर्णाली केयरमा बैंकका ग्राहकले विशेष छुट पाउने गरी विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरका उप निर्देशक दिपक कुमार गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकीङ प्रयोगकर्ताले उक्त कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीको क्याविन डिलक्समा २५ प्रतिशत, होल बडी चेकअपमा २० प्रतिशत, अपरेशन शुल्कमा १५ प्रतिशतलगायत छुट पाईने भएको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १ सय ५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १ सय ३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

IME Lifesidebar
kumari