stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौं उपत्यकामा सिटिजन्स बैंकको एकसाथ थप ३ शाखा विस्तार

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौं उपत्यकामा एकसाथ तीन शाखा विस्तार गरेको छ ।

बैंकले भक्तपुरको सूर्यविनायक, काठमाडौंको धुम्बराही र ललितपुरको थसिखेलमा एकसाथ शाखा विस्तार गरेको हो ।

यससंगै बैंकको उपत्यका भित्र ३५ र वाग्मती प्रदेशमा ४९ वटा शाखा संख्या पुगेको छ । त्यस्तै, देशभर बैंकको शाखा संख्या १८० पुगेको छ ।

शाखा उद्घाटन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी काम गर्न सम्पूर्ण कर्मचारीहरुलाई अपिल गरे ।

बैंकले १८० वटा शाखा, १३१ वटा ए।टि।एम। र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गरीरहेको छ ।

prabhu mahalaxmi
kumari