कोरोना रोकथाममा सिभिल बैंकको सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ५, २०७७ शुक्रबार

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण कोषमा सिभिल बैंकले पनि सहयोग गरेको छ ।             बैंकले  कोरोना भाइरसको  संक्रमण रोकथाम, नियंत्रण तथा उपचारको लागि ८७ लाख योगदान गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ७० लाख रुपैँया र बैंकको संचालक समितिको एक बैठकको भत्ता र कर्मचारीहरुको एक दिनको पारिश्रमिकको योगदानबाट संकलित रकम मध्येबाट ८ लाख ५० हजार रुपैया समेत गरी सो सहयोग रकम  प्रदान गरेको छ ।

सो रकम मध्येबाट ४३ लाख पचास हजार रुपैया नेपाल सरकारद्वारा खडा गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियंत्रण तथा उपचार कोषुको खाता मा दाखिला गरिएको छ। त्यस्तै देशको सातै प्रदेश सरकारलाई प्रति प्रदेश ५ लाख रुपैँयाका दरले गरी जम्मा ३५ लाख रुपैँया प्रदान गरिने भएको छ।

कर्मचारीहरुको एक दिनको पारिश्रमिक र बैंक संचालक समितिको एक  बैठकको भत्ताबाट संकलित रकम मध्येबाट माथि उल्लेखित रकममा थप  करिब ८ लाख ५० हजार रुपैया पनि बैंकको प्रदेश प्रमुखहरु मार्फत आवश्यक परेको विभिन्न स्थानीय तहमा सोझै सहयोग प्रदान गरिने भएको छ ।

IME Lifesidebar
kumari