stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनआईसी एसिया बैकले रजत जयन्ती मनाउँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । एनआईसी एसिया बैकले २५औँ वर्षमा प्रवेश गरेको अवसरमा  विभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाउने भएको छ ।

बैकले यस २५ वर्षको यात्रामा आफ्ना सेयरधनीका लागि आव २०५६/५७ मा एक कित्ता बराबरको साधारण सेयरमा लगानी गर्ने सेयरधनी महानुभावको हालसम्म आइपुग्दा उक्त सेयर सङ्ख्या १३.१२ कित्ता पुगेको छ, जसको प्रतिफल आजको बजार मूल्यमा ९,५२०.९७ रुपियाँ बराबर रहेको बैकका प्रमुख सूचना अधिकारी सुधीरनाथ पाण्डेले जानकारी दिनुभयो ।

पहिलो रोजाइको बैक बन्ने दृढ सङ्कल्पका साथ सुरु भएको र देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैङ्क बन्दै गएको बैङ्कले दाबी गरेको छ ।

प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड रुपियाँभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरेको र आव २०७८/७९ मा मात्रै तीन अर्ब ४१ करोड रुपियाँभन्दा बढी राजस्व सरकारलाई बुझाएको सो बैङ्कले जनाएको छ ।

बैकले आव २०७८/७९ मा खुद मुनाफातर्फ चार अर्ब ५३ करोड रुपियाँ आर्जन गर्न सफल भएकोे छ । यो वार्षिक बिन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो ।

यसैगरी बैकको स्वपुँजीमा प्रतिफल १९.६५ प्रतिशत रहेको बैकले दाबी गरेको छ । कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जालाई ०.४९ प्रतिशतमा सीमित राख्न बैक सफल भएको छ ।

prabhu mahalaxmi
kumari