citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

सनराइज बैंकले भक्तपुर क्यान्सर अस्पताल र तिलगंगा आँखा अस्पताललाई पीपीई वितरण

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २५, २०७६ मंगलबार
काठमाडौं । सनराइज बैंकले भक्तपुर क्यान्सर अस्पताल र तिलगंगा आँखा अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) वितरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि उक्त पिपिइ दिएको हो ।

सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले भक्तपुर क्यान्सर अस्पतालका मेडिकल निर्देशक प्रोफेसर डा.ऋषिकेश नारायण श्रेष्ठलाई १५ थान पीपीई र ५०० थान माक्स हस्तान्तरण गरेका छन् ।

साथै, तिलगंगा आँखा अस्पतालमा पनि ५ थान पीपीई बैंककका प्रमुख कार्यकारी अधिकृतले हस्तान्तरण गरेका छन् ।

हालसम्म बैंकले सातै प्रदेशमा रहेको विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको बैंकले जनाएको छ ।

gold
kumari bank