stcnepal long ad
global ime bank long

नेपाल लाइफको नाममा रहेको बैंक अफ काठमान्डूका संस्थापकले ४ लाख ८१ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक अफ काठमान्डूको संस्थापक सेयरधनी नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेको छ ।

बैंकले नेपाल लाइफको नाममा रहेको ४ लाख ८१ हजार १७४ कित्ता सेयर बिक्री खुला गरेको हो । यसको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

 

सेयर खरिद गर्न इन्छुक संस्थापकले आज जेठ ११ गतेदेखि ३५ दिन भित्र बैंकको कम्पनी सचिव कार्यालयमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।

IME Lifesidebar
kumari