सेन्चुरी कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने समय थप
सेन्चुरीले १० वर्ष अवधिको ‘सेञ्चुरी डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०.५० प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।

काठमाडौं । ऋणपत्र बिक्री नभएपछि सेन्चुरी कमर्सियल बैंकले आवेदन दिने समय थप गरेको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर जेठ ४ गतेसम्म पुर्याइएको हो ।
बैंकले वैशाख २१ गतेदेखि २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला थियो । यसले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २२ लाख इकाई ऋणपत्र जारी गरेकोे हो ।
यसमध्ये ६०५ अर्थात् १३ लाख २० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्ने भएको छ ।
बाँकी ८ लाख ८० हजार इकाई सर्वसाधारणका लागि खुला गरेको हो । यो मध्ये १० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ ।
सेन्चुरीले १० वर्ष अवधिको ‘सेञ्चुरी डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०.५० प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।
न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख ७० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयर मार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
२५ वैशाख २०७९, आइतवार ०९:४० बजे प्रकाशित