stcnepal long ad
global ime bank long

प्रभु बैंकले बन्द गर्दै दुई शाखा कार्यालय

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकले काठमाडौं र वीरगञ्जमा सञ्चालनमा रहेका दुई शाखालाई अन्य शाखामा गाभ्ने भएको छ । बैंकका अनुसार काठमाडौंको  कालिमाटी शाखालाई टेकु शाखामा समायोजन गरिनेछ । त्यसैगरी वीरगञ्ज महानगरपालिकामा रहेको लिंकरोड शाखालाई वीरगञ्ज शाखामा गाभिने भएको छ ।

दुवै शाखाको कारोबार आगामी मंसिर २४ गतेदेखि सम्बन्धित शाखामा समायोजन भएर सञ्चालन हुने बैंकले जनाएको छ ।

महानगरपालिकाभित्र रहेका बैंकका शाखा कार्यालयलाई आपसमा समायोजन वा एकीकरण गर्दा नेपाल राष्ट्र बैंकको छुट्टै स्वीकृति लिनुनपर्ने व्यवस्था छ ।

यही व्यवस्थाअनुसार प्रभु बैंकले एउटै महानगरपालिकाभित्र रहेका दुई–दुई शाखालाई समायोजन गर्न लागेको हो ।

IME Lifesidebar
kumari