stcnepal long ad
ime life insurance
national life
global ime bank long

सशस्त्र प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच तलबी बचत खाता तथा कर्जा सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच सशस्त्र प्रहरी कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा कारोवार लगायतका बैंकिङ्ग सुविधा प्रदान गर्ने सम्वन्धमा सम्झौता भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के।सी।को प्रमुख आतिथ्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको उपस्थितीमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बैशाख १४ गते आयोजित एक समारोहका वीच सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको हालको अवस्था, वैंकले प्रदान गर्दै आएको सेवावारे जानकारी गराउदै ७ प्रदेश ७७ जिल्लामा नै शाखा रहेको यस वैंकले सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको वताए ।

बैंकले गत आ।व। को मुनाफावाट ३३ प्रतिशत लाभांश दिन सफल भएको समेत जानकारी गराएका थिए ।

त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के।सी।ले संगठनले विभिन्न कल्याणकारी योजनाहरु मार्फत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभिन्न सुविधाहरु प्रदान गर्दै आईरहेको उल्लेख गदै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकसँग भएको यस सम्झौता सँगै सशस्त्र प्रहरी कर्मचारीहरुले उक्त बैंकले प्रदान गरिरहेको विभिन्न सुविधा लगायत कर्जा सुविधा समेत न्यून शुल्कमा प्राप्त गर्ने बताए ।

उनले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रदान गरिने सेवा तथा सुविधा वितरणमा उक्त बैंकले पुर्याउने सहयोगप्रती हार्दिक आभार प्रकट गदै सो सुविधाले सकल दर्जाका कर्मचारीहरुको हौसला अभिबृद्धि भई राज्यप्रदत्त जिम्मेवारीहरुमा अझ कटिबद्ध भई क्रियाशिल रहन उर्जा प्रदान गर्ने विश्वास समेत व्यक्त गरे ।

सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवकहरुले पाउने तलव भत्ता तथा आर्थिक सुविधाहरु अनिवार्य रुपमा बैंक खाता मार्फत भुक्तानी गर्नुपर्ने नेपाल सरकारको नीति अनुरुप भएको सो सम्झौता सँगै सशस्त्र प्रहरी कर्मचारीहरुले विना धितो ५ वर्षका लागि अधिकतम रु. १५ लाख सम्मको ऋण सुविधा पाउनुका साथै बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरु समेत पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात न्यून शुल्कमा उपभोग गर्न पाउने छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु तथा सो बैंकका बरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो । देशभर बैंकको हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा ए।टि।एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

IME Lifesidebar
kumari