citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सेञ्चुरी कमर्सियल बैंकको जोरपाटीको माकलबारीमा नयाँ शाखा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । गोकर्णेश्रर नगरपालिका वडा नं. ८ जोरपाटी माकलवारीमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बैशाख ७ गतेदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका संचालक समिति सदस्य मनबहादुर राईले माकलवारी शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको थियो । उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक प्रा.डा. गीता प्रधान, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । माकलवारी शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २७ पुगेको छ ।

२०७८ चैत्रमसान्तसम्ममा बैंकले रु। ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु। ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएकोछ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३।५९ प्रतिशतले बढी हो । बैंक पहिलो पटक खुद मुनाफा रु। १ अर्ब कटाउन सफल भएको छ ।

himalayan life insurance
igi long