citizens life insurance long ad
stcnepal long ad

माछापुच्छ्रे बैंकको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ५५ करोड खुद मुनाफा आर्जन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ५५ करोड १७ लाख ७२ हजार छ सय १७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकले एक अर्ब २९ करोड छ लाख १२ हजार नौं सय ६८ रुपैंयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

हाल चुक्ता पुँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार पाँच सय ८१ रुपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ४१ अर्ब आठ करोड आठ लाख २१ हजार पाँच सय ९१ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३१ अर्ब १७ करोड २७ लाख ९७ हजार आठ सय ६३ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा तीन अर्ब ६० करोड २८ लाख ६६ हजार एक सय ४२ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव १९ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ८२ करोड ८२ लाख ९९ हजार ६३ रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ३१ अर्ब ६१ करोड ७९ लाख ६४ हजार छ सय १७ रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब १३ अर्ब ५७ करोड २० लाख नौं हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा तीन अर्ब १६ करोड ३१ लाख ८९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव शून्य चार प्रतिशत रहेको थियो ।

 

IME Life
kumari