citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एनआईसी एशियाका सिइओ सम्मानित

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । एनआईसी एशिया बैंक लि.का प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने ‘Manager of the Year Award – 2022’ बाट सम्मानित भएका छन् । व्यवस्थापनकर्मीहरूको सम्मानित एवम् सर्वोच्च निकाय ‘नेपाल व्यवस्थापन संघ’ (MAN) ले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै एनआईसी एशिया बैंक लि.का प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई ‘Manager of the Year Award – 2022’ बाट सम्मानित गरेको छ ।

२०७८ साल चैत २६ गते राजधानीको याक एन्ड यति होटलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै ‘Manager of the Year Award – 2022’का विजेता न्यौपानेले उक्त पुरस्कार सम्पूर्ण Fellow NIC ASIANs लाई समर्पण गर्दै उक्त पुरस्कारबाट सम्मानित गरिएकोमा व्यवस्थापन संघ, पुरस्कार छनौट समिति तथा व्यवस्थापन संघका पदााधिकारीहरू प्रति कृतज्ञता जाहेर गरेका थिए ।

न्यौपानेको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कूल कर्जा करिब रू. ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. २७४ अर्ब पुगेको छ । त्यस्तै निक्षेप संकलन तर्फ पनि रू. ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. ३०० अर्ब पुगेको छ । साथै बैंकको प्रतिशेयर आम्दानी तर्फ करिब २ गुणाले वृद्धि भई रू.४१.४३ पुगेको सो बैंकले दावी गरेको छ ।

बैंकले न्यौपानेको नेतृत्वमा २०७८ पौष मसान्तसम्ममा देहाय बमोजिमको उत्साहजनक नतिजाहरू हासिल गरी समग्र बैंकिङ्ग क्षेत्रमा नै बैंक सर्वोत्कृष्ट बन्न सफल भएको दावी सो बैंकको रहेको छ ।

परिसूचक, समग्र बैंकिङ्ग क्षेत्रको औसत, एनआईसी एशिया बैंक लि।, समग्र बैंकिङ्ग क्षेत्रको औसत भन्दा एनआईसी एशिया बैंकको फरक रकममा प्रतिशतमा

१, कर्जा विस्तार रू. १४३.३५ अर्ब रू. २७३.४६ अर्ब रू. १३०.११ ९१ प्रतिशत

२, निक्षेप संकलन रू. १४९.०८ अर्ब रू. २९९.३४ अर्ब रू. १५०.२६ १०१ प्रतिशत

३, प्रति शेयर आम्दानी रू. १८.४४ रू. ४१.४३ रू. २२.९९ रुपैया १२५ प्रतिशत

४, स्व–पूँजीमा प्रतिफल (प्रतिशत) ११.३९ प्रतिशत २१.७७ प्रतिशत १०.३८ प्रतिशत ९१ प्रतिशत

५, कुल ग्राहक संख्या १२ लाख ४८ हजार ३० लाख १७ लाख ५२ हजार १४० प्रतिशत

६, शाखा संख्या १६६ ३५८ १९२ ११६ प्रतिशत

७, विस्तारित काउन्टर संख्या ४ ७० ६६ १,६५० प्रतिशत

८, एटिएम संख्या १३२ ४७३ ३४१ २५८ प्रतिशत

९, डेबिट कार्ड प्रयोगकर्ता ३ लाख १२ लाख ३५ हजार ९ लाख ३५ हजार ३१२ प्रतिशत

१०, मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ४ लाख ६१ हजार १६ लाख ८० हजार १२ लाख १९ हजार २६४ प्रतिशत

११, Operating Profit Before Provision रू. २ अर्ब ३ करोड रू. ४ अर्ब २१ करोड रू. २ अर्ब १८ करोड १०७ प्रतिशत

१२, Net Profit रू. १ अर्ब २२ करोड रू. २ अर्ब ४० करोड रू. १ अर्ब १८ करोड ९७ प्रतिशत

१,। Distributable Profit रू. ६१ करोड रू. ८६ करोड रू. २५ करोड ४१ प्रतिशत

नेपालको वित्तीय इतिहासमा यसरी हासिल भएका उपलब्धिहरू मध्ये उपरोक्त उपलब्धिहरू ऐतिहासिक भएको दावी पनि सो बैंकको रहेको छ ।

उल्लेखित परिसूचकहरूमा बैंकलाई सर्वोत्कृष्ट स्थानमा पुर्याउनुका साथै नेतृत्व सम्हालेको छोटो समयमै देशभर करिब ३६ लाख भन्दा बढी ग्राहकहरूसँग शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरू मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न र विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय सूचकांकहरूमा देशको सर्वोत्कृष्ट बैंकको रुपमा स्थापित गराउन न्यौपानेको नेतृत्वमा बैंक सफल भएको सो बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेद्वारा २०७८ चैत २६ गते जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै, ‘समस्त ग्राहक, शेयरधनी एवं समस्त सरोकारवालाहरूको साथ, सहयोग र हौसलाले बैंकलाई कर्जा, निक्षेप, शाखा सञ्जाल, स्व–पूँजीमा प्रतिफल लगायत अधिकांश वित्तीय तथा गैर वित्तीय सूचकांकहरूमा सर्वोत्कृष्ट स्थानमा कायम राख्न समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका प्रमुख कार्यकारी अधिकृतलाई प्राप्त यस‘Manager of the Year Award – 2022’ सम्मानले बैंकको सञ्चालक समिति, DNA Oversight Committee लगायत सम्पूर्ण बैंक परिवारलाई गौरवान्वित बनाएको छ । यस पुनीत अवसरमा प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गर्दै बैंक नेपाल व्यवस्थापन संघ प्रति हार्दिक कृतज्ञता जाहेर गर्दछ ।’  विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत न्यौपाने राष्ट्रपतिबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ ‘Corporate CEO of the Year, 2078’र Global Business Outlook (GBO) London af6 बाट  Global Business Outlook (GBO) London af6 बाट समेत सम्मानित भएका थिए ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू।३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

himalayan life insurance
igi long