सनराइज बैंक लिमिटेडको २ शाखारहित बैंकिङ सेवा बिस्तार
काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । सोही क्रममा चैत्र ८ मंगलबार बैंकले प्रदेश ५, बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नं.३ शान्तिबजारमा ८८ औं शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको थियो ।
साथै मंगलबार बैंकले प्रदेश ४, गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं। ७ विरुवाटारमा ८९ औं शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।
उक्त शाखारहित बैंकिङ सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ संख्या ८९ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागी गेरुवाका पूरन धामी र विरुवाटारकी श्रीमती हिरा सुनारलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।
सो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।
बैंकको हाल १३९ वटा शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, १५८ वटा ए।टि।एम र ८९ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।





















